प्रदेश २ मा २ हजार ७९० जना संक्रमित,७ हजार ४८५ को रिपोर्ट आउन बाँकी,७४० जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना महिला र ७ जना पुरुषगरी कुल ९ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा १ महिला र ३ जना पुरुष गरी कुल ४ जना र सर्लाही जिल्लामा १ महिला र ४ जना पुरुषगरी कुल ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै यस प्रदेशमा जम्मा संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज संक्रमित भएकाहरु सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी गाउँपालिकाकी ५० बर्षिया महिला,सोही नगरपालिकाको ११ बर्षिय बालक,१६ बर्षिय किशोर र ४० बर्षिय पुरुष रहेका छन् ।
त्यस्तै सर्लाही जिल्लाको गोडैता नगरपालिकाका १६ बर्षिय किशोर सहित २० र २३ बर्षका पुरुष,चकरघट्टा गाउँपालिकाकी ९ बर्षिया बालिका र १९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराजस्थित साईकृष्ण कोभिड अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ८६ जना पुरुषगरी कुल ९३ जना,सिरहा जिल्लाको सिरहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १३ जना पुरुष र २ जना महिला गरि १५ जना,सिरहा जिल्लाकै सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा ३० जना,धनुषा जिल्लाको जनकपुरधामस्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आईसोलेसन कक्षमा १ जना पुरुष,प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि.मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षमा ३ जना महिला र ८१ जना पुरुषगरी कुल ८४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

उता,महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा २ जना महिला र ९८ जना पुरुषगरी कुल १ सय जना,महोत्तरीकै पिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन कक्षमा २६ जना पुरुष,सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा १ सय ७६ जना पुरुष र ५ जना महिलागरी कुल १ सय ८१ जना र सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १४ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्लास्थित चन्द्रनिगाहपुर अस्पतालमा २ जना महिला र ३० जना पुरुष गरी ३२ जना,गौर नगरपालिकामा रहेको गौर नर्सिङ्ग ईन्स्टिच्यूटको आईसोलेसन कक्षमा २ जना महिला र ४० जना पुरुषगरी कुल ४२ जना,राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा ११ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र १ सय ९ जना पुरुषगरी कुल १ सय ११ जना र गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७३ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २ जना महिला १५ जना पुरुषगरी कुल १७ जना,पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड बिषेश गण्डक अस्पतालमा ३५ जना पुरुष र ७ जना महिलागरी कुल ४२ जना संक्रमितहरुको उपचार भइरहेको जानकारी दिइएको छ ।

त्यस्तै,सिरहा जिल्लाको सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पतालमा १४ जना र प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा ३ जना गरी कुल १७ जना कोरोना आशंकित बिरामीहरुको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

यस प्रदेशमा शुक्रबारसम्म ३६ हजार १ सय ९९ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा २ हजार ७ सय ९० जना संक्रमित भएका छन् भने २५ हजार ९ सय २४ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै ७ हजार ४ सय ८५ जनाको नतिजा आउन बाँकी रहेको छ । आरडिटी तर्फ अहिलेसम्म १७ हजार ५ सय ४४ जनाको परीक्षण गरिएकोमा ९ सय जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ हजार ६ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ५ सय बेड क्षमताको ४ सय ४८ वटा क्वारेन्टाइनमा अहिले १० हजार ३ सय १५ जनालाई राखिएको छ भने १६ हजार २ सय ३३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ९६ बेड क्षमताको आईसोलेशनमा ८ सय ८९ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसमा धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षबाट ११ जना पुरुष,सिरहा जिल्लास्थित सिरहा अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आईसोलेसन कक्षबाट ४ जना पुरुष,सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको साईकृष्ण कोभिड अस्पतालको आइसोलेसन कक्षबाट ५ जना पुरुष र सर्लाही जिल्ला मलंगहवा नगरपालिकास्थित जिल्ला अस्पताल अन्तर्गत रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुषगरी कुल ३७ जना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेशका ७ सय ४० जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्