विराटनगरमा सहकारी गोष्ठी सुरु 



विराटनगर: 'दिगो विकास लक्ष्य प्राप्तका लागि सहकारी' भन्ने नाराका साथ सहकारी  प्रबर्द्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक दुई दिने गोष्ठी विराटनगरमा सुरु भएको छ ।

गोष्ठीमा प्रदेश सरकारका उच्च अधिकारी, प्रदेशसभा सांसदहरु, १ नम्बर प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृत र सहकारीसँग आवद्ध अगुवा सहभागि छन् । प्रदेश सरकार र स्थानीय सरकारले सहकारी नियमन, अनुगमन र प्रबद्र्धनका लागि कानून निर्माण गरिरहेका बेला राष्ट्रिय सहकारी महासंघको आयोजना, प्रदेशको सहकारी मन्त्रालय र युएनडिपीको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले प्रदेश तथा स्थानीय सरकार सहकारीमैत्री बन्नुपर्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्