‘द म्यान फ्रम काठमाडौं’मा १९७४ एडी ब्याण्डको गीत  



काठमाडौं : ‘द म्यान फ्रम काठमाडौं’ चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको छ । यो फिल्म  नेपालमा पहिलो चोटि अंग्रेजी र नेपाली दुवै भाषामा रिलिज हुने भएको छ । ‘द म्यान फ्रम काठमाडौं’ को शिर्ष गीत इन्टरनेटमा रिलिज गरिएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले राजधानीको कथा व्यथालाई देखाएको छ ।  

सार्वजनिक गीतमा फिल्मका लिड कलाकारसँगै १९७४ एडी ब्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ । कार्लोस मेडिनाको छायांकन रहेको फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । यस फिल्मको छायाँकन नेपाल र अमेरिकामा गरिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले यस फिल्मको निर्माण गरेका छन् ।

यस फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, कर्मा शाक्य, नीर शाह, शिशिर बाङ्देल, आमिर गौतम लगायतले अभिनय गरेका छन् । यो फिल्मलाई नेपालमा प्रदर्शन लगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन पनि गर्ने  तयारी रहेको छ । 

नेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनु पर्छ भन्ने सोचले यो फिल्म बनाएकोे निर्माता उद्दिनले जनाएका छन् । यो फिल्म एक्सन–लभस्टोरीमा आधारित फिल्म हो । यस फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथालाई देखाएको छ ।  

   

 

प्रतिक्रिया दिनुहोस्