भारतमा सङ्क्रमित चार लाख नाघ्यो, मृतक १३ हजारभन्दा बढी



एजेन्सी : भारतमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १५ हजार ९ सय बढी संक्रमित थपिए । यो संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै उच्च आँकडा हो । यसअघि जून १९ मा १४ हजार ७ सय संक्रमित भएका थिए ।

भारतमा कोरोनाबाट हालसम्म ४ लाख ११ हजार संक्रमित भएका छन् । १३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ जसमा शनिबार ३ सय ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म २ लाख २८ हजार उपचारपछि निको भएका छन् ।

पछिल्लो चौबिस घण्टामा भारतमा एक लाख ८९ हजार ८६९ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको छ । भारतको महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हुन् ।

प्रतिक्रिया दिनुहोस्