कोरोनाको कथामा आधारित लघु चलचित्र ‘कोभिड १९’ सार्वजनिक



काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर करिव ३ महिनाभन्दा बढि समयदेखि लकडाउन गरेको छ । लकडाउनको समयलाई सदुपयोग गर्दै केही कलाकर्मीहरुले लकडाउनको विषयलाई लिएर छोटा चलचित्र, सिरिज, गीत तथा भिडियोहरु बनाइरहेका छन् । त्यस्तै दिनेश शर्माको निर्देशनमा लघु चलचित्र ‘कोभिड १९’ सार्वजनिक भएको छ ।

यस लघु चलचित्रमा कलाकार दिनेश शर्मा, मनोज खत्री, खिमनाथ, मन्दिरा, मदन, अनुप र अन्य कलाकारहरुकोे अभिनय रहेको छ । यस लघु चलचित्रमा राजेश राउतको कथा, अनुप शर्माको छायांकन तथा दिनेश शमाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्