सुशान्तको आत्महत्यापछि निशानामा परे सलमान, करियर नै संकटमा



एजेन्सी : वर्ष २००१ मा प्रदर्शनमा आएको फिल्म ‘स्टाइल’ ले धेरै दर्शकको मन जित्न सफल भएको थियो । यस फिल्मबाट अभिनेता साहिल खानले बलिउडमा इन्ट्री मा’रेका थिए । पहिलो फिल्मबाटै वाहवाही बटुलेका साहिलले त्यसपछि धेरै फिल्म भने खेल्न पाएनन् । यही फिल्म रिलिज भएपछि ‘द न्यु खान इन टाउन’ शीर्षकमा एक लोकप्रिय म्यागेजिनको कभरमा शाहरुख र सलमानसँगै साहिलको तस्बिर छापियो ।

अहिले सुशान्तसिंह राजपूतले आत्महत्या गरेसँगै बलिउड फिल्म उद्योगमा सलमान खानसहितका धेरै कलाकारविरुद्ध दादागिरी चलाएको र क्याम्प खडा गरेर अन्यलाई पाखा लगाएको आरोप लागिरहेको छ । उत्कृष्ट हुँदाहुँदै पनि बलिउडमा बाइकटमा परेकाले सुशान्तले डिप्रेशनमा गएर आत्महत्या गरेको हुनसक्ने टिप्पणी अन्य कलाकारले गरिरहेका छन् र उनलाई बा’इकट गर्न सलमानको ठूलो भूमिका रहेको अन्य कलाकारको आरोप छ ।

यही क्रममा साहिल खानले सलमानविरुद्ध नि’शा’ना साँधेका छन् । ‘धेरै कम मानिसको जिन्दगीमा यस्तो हुन्छ, आफ्नो पहिलो फिल्म स्टाइलपछि नै इन्डियाको सबैभन्दा टप फिल्म म्यागेजिनले कभरमा इन्डियाका दुई सबैभन्दा ठूला सुपरस्टारसँग मलाई राखेको थियो । तर यसमध्ये एक सुपरस्टारलाई निकै दुःख लाग्यो । जबकी म त नयाँ थिए, उनको फ्यान थिएँ, कमजोर थिएँ ।’

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘फेरि उनले मलाई धेरैपटक साइड रोलका लागि बोलाइ रहे, टिभी शोका लागि पनि बोलाए र त्यसपछि केही फिल्मबाट मलाई निकालिदिए । ठूलो नाम र सानो दर्शन । सोच्नुस्, को हुन् । मलाई फरक पर्दैन किनकि सुशान्तसिंह राजपूतले उनको वास्तविक अनुहार बाहिर ल्याइसकेका छन् । संसारका ती व्यक्ति नयाँ प्रतिभासँग कतिसम्म डराउँछन् । २० वर्षमा जोन इब्राहिमबाहेक फिल्म उद्योगमा अरु कोही ठूला स्टार आएनन् । कसैले आउनै दिदैंन । केवल स्टारका छोराछोरीलाई मात्रै काम मिल्छ । यसबारेमा सोचौं, तिम्रो आत्मालाई शान्ति मिलोस् सुशान्त ।’

सुशान्तको आत्महत्यासँगै बलिउडमा केही निर्माता तथा कलाकारमाथि आफ्ना नजिकका व्यक्तिलाई मात्रै काम दिने गरेको आरोप लागिरहेको छ । यसअघि ‘दबंग’ का निर्देशक अभिनव सिंह कश्यपले पनि सलमानमाथि क्या’म्प खडा गरेको आरोप लगाएका थिए ।

फिल्म बहिष्कार अभियानः
सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मुद्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र सलमान खानसहित ठूलो निर्माण कम्पनी सुशान्तका प्रशंसकको निशानामा परेका छन् । प्रशंसकका अनुसार नातावाद र पक्षपातका कारण सुशान्तले फिल्मी क्षेत्रमा काम पाउन कम भएको थियो ।

सुशान्तका प्रशंसकले सलमान खान, करण जोहर र यशराज फिल्म्स नामको निर्माण कम्पनीलाई बोयकट गर्नका लागि अनलाइन याचिका सुरु गरेका छन् । बिहिबार बिहानसम्म २५ लाख १५ हजार बढीले साइन गरिसकेका छन् जबकी लक्ष्य ३० लाख राखिएको छ ।

सलमान खानविरुद्ध मुद्दा दर्ता

सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै स्टार सलमान खानसहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सलमान खान बाहेक चर्चित निर्देशक करन जोहार, सन्जय लिला भन्साली, भुषण कुमार, एकता कपुर, आदित्य चोप्रा, साजिद नाडियाडवाला तथा निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा परेको हो।

मुद्दामा यी व्यक्तिहरुले सुशान्तलाई आ’त्मह’त्या गर्न बाध्य पारिएको उल्लेख गरिएको छ। यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्याएको साथै यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको जनाइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार बिहारको अदालतमा वकिल सुधिर कुमार ओझाले मुद्दा हालेका हुन्। यस मुद्दामा साक्षीको रुपमा अभिनेत्री कंगना रणावतको नाम उल्लेख गरिएको छ। हालै कंगनाले बलिउड नातावादले ग्रस्त बनेको तथा कलाको कदर बलिउडमा नभएको बताएकी थिइन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति तोकेको छ।

प्रतिक्रिया दिनुहोस्