ब्राजिलमा १० लाख ८६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६०१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ६५९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ८६ हजार ९९० जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८५१ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ९३ हजार १४५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्