भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ लाख २६ हजार ९१० पुगेको छ ।

यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्