‘लब आजकल’को सिक्वल



एजेन्सी : बलिउडका निर्देशक इम्तियाज अलिले आफ्नो फिल्म ‘लब आजकल’को सिक्वल बनाउँदै छन् । यस फिल्ममा नायक कार्तिक आर्यन, सारा अली खान र रणदिप हुड्डाकोे प्रमुख भुमिका रहने छ । करिब १० वर्ष अघि रिलिज भएको फिल्म ‘लब आजकल’ लाई इम्तियाज अलिले निर्देशन गरेका थिए । 

फिल्म ‘लब आजकल’ २००९ जुलाइ ३१ मा रिलिज भएको थियो । यस फिल्मले आधुनिक प्रेम कथा लाई देखाएको थियो । त्यस समयको फिल्महरुमा यो फिल्म ज्यादै नै सफल भएको थियो । यस फिल्ममा सैफ अलि खान, दिपिका पादुकोण, ऋषि कपूर, नितु सिंह, राहुल खन्ना लगायत कलाकारकोे प्रमुख भुमिका रहेको थियो । फिल्म ‘लब आजकल’को सिक्वलको सुटिङ आगामी साताबाट दिल्लीमा सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्