सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं : आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्