ब्राउन सुगरसहित ३ जना पक्राउ



काँकडभिट्टाः प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापा कमल गाउँपालिका ५ बस्ने २० वर्षीय दिपेश थापा, झापा गाउँपालिका-४ बस्ने २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेशलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको कमल गाउँपालिका-५ पाडाजुगीबाट गौरादहतर्फ जाँदै गरेको मे ११ प ६५४६ नम्बरको मोटरसाइकल र बा ४४प ९७८५ नम्बरको मोटरसाइकल शंका लागि जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

आरोपीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्