सुन्दर बन्न ‘फायर थेरापी’



एजेन्सी : आजकालको समयमा सुन्दर बन्नको लागि मानिसले अनौठो तरिका अपनाइ रहेका हुन्छन् । यस्तै सुन्दर बन्ने होडमा मानिसहरु के सम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहार माथि आगो लगाउन पनि तयार हुन्छन् । अनुहार सुन्दर बनाउनको लागि आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकप्रिय रहेको छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र स्पामा फायर थेरापी लिने गर्छन् । फायर थेरापी गर्दा खेरि अनुहार माथि एक तौलिया राखेर त्यसमा आगो लगाइन्छ ।

करिब ३० सेकेण्ड देखि एक मिनेटसम्म आगो लगाइन्छ । यस थेरापीको प्रयोगले अनुहारको सुन्दरता बढाउनुको साथ साथै टाउको दुख्ने, अनिन्द्रा, शरीर दुख्ने जस्ता समस्याबाट पनि छुट्कारा पाउँन सकिन्छ । साथै यसले पाचन प्रणाली पनि ठिक हुन्छ । सामाजिक सञ्जालमा यस थेरापीको भिडियो भाइरल भैरहेको छ । फायर ट्रिटमेन्टको लागि एक विशेष प्रविधि अपनाइन्छ । यसमा विशेष खालको अल्कोहल छर्किएको तौलियाले अनुहारलाई राम्रोसँग ढाकिन्छ । अनुहारलाई आगोले कुनै नोक्सान  न  गरोस् भनेर एक अर्को तौलियालाई तल राखिन्छ । अहिले सम्म यो ट्रिटमेन्टबाट कसैलाई पनि नोक्सान भने भएको छैन् । 

थेरापिस्टहरुका अनुसार फायर ट्रिटमेन्टले अनुहारका कोषहरुमा भाइब्रेसन पैदा गर्छ । जसले कोषहरु जिवित हुन्छन् र तपाईं सुन्दर देखिन थाल्नु हुन्छ । तौलियामा छर्किनको लागि प्रयोग हुने अल्कोहललाई एलिग्जर भनिन्छ । मिडिया रिपोर्टहरुका अनुसार यो ट्रिटमेन्टको माध्यमबाट अनुहारको दाग र सुख्खापना कम हुन्छ । यो थेरापी अनुहार बाहेक शरीरको अन्य कुनै पनि भागमा पनि गर्न सकिन्छ । साथै यो थेरापीबाट मोटोपना र खोकीको उपचार पनि सम्भव हुन्छ । चीनमा पनि यो विधि लोकप्रिय छ जहाँ यसलाई ‘फ्लेम फेसियल’ भनिन्छ । यो थेरापी लिएका धेरै मानिसहरुले यसबारेमा सकरात्मक प्रतिक्रिया दिएका छन् ।

थेरापिस्टका अनुसार यो ट्रिटमेन्ट पूर्णरुपमा सुरक्षित हुन्छ । तर यो प्रशिक्षित थेरापिस्टद्वारा मात्रै गराउनुपर्छ । तौलियामा कति मात्रामा अल्कोहल राख्ने, यसलाई कतिबेर सम्म छालामा राख्ने यो सबै पहिले नै निश्चित हुन्छ । यो थेरापीले छालालाई एक किसिमको गर्मीपना मिल्छ तर सहनै नसकिने गरी पोल्दैन ।

 

प्रतिक्रिया दिनुहोस्