जन्म र मृत्यु बीचको उतारचडाब नै खास जीवन हो: मञ्जु थापा



काठमाडौं– सानैबाट नायिका बन्ने रहर पालेकी दैलेखकी मोडल मञ्जु थापा पछिल्लो समय मोडलिङमा जम्ने क्रममा छिन् । छोटो समयमा नै आधा दर्जनभन्दा बढि म्युजिक भिडियो र फोटोसुट गरिसकेकी मञ्जु मञ्जुलाई आशालाग्दो नायिकाको रुपमा हेरिएको छ ।

उनी केही समय लगतै नयाँ फिल्मका केही प्रोजेक्टहरुमा काम गर्ने तयारीमा छिन् । स्नातक तेस्रो बर्षमा अध्ययनरत मञ्जु हाल राजधानीमा रहेर मोडलिङमा नै संघर्ष गरिरहेकी छिन् । उनै मोडल तथा नायिका मञ्जु थापासंग गरिएको कुराकानीको अंश:

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?
मेरो सानैदेखि श्रृङगार र पहिरनको शोख थियो । टिभी हेर्दा, फिल्म हेर्दा नायिका बन्ने रहर जाग्थ्यो । त्यसैले मैले यस क्षेत्रमा प्रवेश गरकी हुँ ।

तपाईले आफ्नो जीवन र कलाकारितालाई कसरी लिनुहुन्छ ?
जन्म र मृत्यु बीचको संघर्ष र उतारचडाब नै खास जीवन हो । अनि कलाकारीता चाहीँ मेरो जीवनको मुख्य अंश हो । जसलाई सधैँ जीवनको संघर्ष सम्झेको छु ।

मोडलिङ बाहेक अन्य रुचिहरू केके छन् ?
मलाई विशेषगरि मोडलिङ नै मन पर्छ । तर, मोडलिङ बाहेक नयाँ ठाउँहरु घुम्न, पुस्तकहरु पढ्न, तथा विभिन्न सामाजिक काम गर्न पनि रुची लाग्छ ।

तपाईको शरिरको सबैभन्दा सुन्दर अंग ?
मेरो हाईट र पुर्ण शरिर ।

तपाइँको विचारमा प्रेम के हो ?
प्रेमले बस्तु र परिबेश अनुसार फरक अर्थ राख्दछ । मेरो अर्थमा, प्रेम एक प्रकारको गम्भीर आकर्षण हो, जसको बदलामा केही खोजिँदैन । जसभित्र समर्पण र निष्ठा हुन्छ ।

प्रेमको अनुभव छ ?
मैले प्रेमको अनुभव गरेकी छैन । यो उमेर प्रेममा अल्झिने होइन जस्तो लाग्छ ।

निकै राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव राख्नेहरु त धेरै होलान् नी ?
आउँछ बेलाबेलामा तर, त्यस्तो कुरालाई म खासै वास्ता गर्दिन । साथीहरु बनाउनु नै राम्रो लाग्छ ।

जीवन साथी कस्तो चाहानुहुन्छ ?
म सरल स्वभावको असल जीवन साथी चाहन्छु । जो संग जिन्दगीको हरेक परिस्थिती साट्न सकियोस् ।

त्यसो भए बिहे कहिले गर्ने ?
अहिले नै भन्न सकिँदैन । हेरौँ, स्ट्रगल गर्दैछु, अहिले सोच बनाएको छैन ।

हामीले १० बर्ष पछि मञ्जुलाई कुन रुपमा देख्न सक्छौ ?
एउटा सफल नायिका या नेपाली चलचित्र क्षेत्रको सफल कलाकारको रुपमा देख्न पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्