बलिउडकी निर्देशक एकता कपुरलाई बलात्कारको धम्की



एजेन्सी : चर्चित भारतीय चलचित्र निर्मात्री एवं निर्देशक एकता कपुरलाई बलात्कारको धम्की आएको भारतीय सञ्चारमाध्यममा खबर आएको छ ।

वेब सिरिज ‘त्रिपल–अनसेन्सर्ड’ सेनालाई अपमान गरेको भन्दै उनलाई सो धम्की दिइएको हो । अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

चाहे टिभी होस् या फिल्म निर्माता एकता कपुरले त्यस्तो कन्टेन्टको साथ र समर्थन गरेकी छिन् जुन बोल्ड हुन्छ र दर्शकलाई पनि बाँधिरहेको हुन्छ । प्रोफेसनल जीवनमा सधैं छाइरहने एकतासँग बारम्बार सोधिने प्रश्नमध्ये एक हो, उनी किन विवाह गर्दिनन् ?

यी सब चिन्ताहरुमाथि ४४ वर्षकी एकता कपुर भन्छिन्, ‘म अहिले खुसीयालीसँग जीवन बाँचिरहेकी छु । मलाई लाग्दैन कि विवाह मात्र एउटा कुरा हो जुन खुसी जीवनका लागि आवश्यक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्