मालोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

सोमवार राति भएको खेलमा म्याड्रिडले मालोर्कालाई २–० ले हराएको थियो ।

रियललाई जिताउन भिनिसियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरेका थिए ।

यो जीतसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले ६८ अंक जोडेको छ । बार्सिलोनासँग पनि ६८ अंक नै छ ।

रियल म्याड्रिड ‘हेड टु हेड’ का आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

मालोर्काले भने जम्मा २६ अंक बनाएको छ । मालोर्का तालिकाको अन्तिम तेस्रोमा सीमित छ ।

सोमवार राति घरेलु मैदानमा भएको खेलमा १९ मिनेटमा भिनिसियसले गरेको गोलमार्फत रियलले अग्रता बनाएको थियो ।

खेलको ५६ औं मिनेटमा रामोसले गरेको गोलले रियल जीतको नजिक पुगेको थियो ।

रियल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस्