ओलीलाई व्यांग्य गर्दै प्यारोडी गीत ‘बेसार पानी’ सार्वजनिक (भिडियो)



काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जालमा ‘बेसार’ शब्द भाइरल भइरहेको छ । ओलीको अभिव्यक्तिमा प्रयोग यो शब्दलाई व्यांग्य गर्दै यतिबेला एक प्यारोडी गीत ‘बेसार पानी’ सार्वजनिक भएको छ । गीत मार्फत केपी बाले भनेको कोरोनाको औषधि त बेसार पानी रे भनिएको छ ।

गीतमा प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत गायकहरुकै छ भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ । ब्याण्डसहित छायांकन गरिएको यस भिडियोमा गणेश सापकोटाको छायाँकन, सुवास अमगाईको सम्पादन तथा गायकहरूकै निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्