अमेरिकामा एकै दिन थपिए ३७ हजार बढी कोरोना संक्रमित



एजेन्सी : संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार विहान यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्