पाकिस्तानमा कोरोना मृत्युदर बढ्यो



एजेन्सी : पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा १ सय ४८ जनाको मृत्यु भएको छ । यो संख्या जुन २० पछिकै सबैभन्दा धेरै हो । उक्त दिन १ सय ५३ जनाको मृत्यु भएको थियो ।

यस्तै, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार ४ हजार संक्रमित भएका छन् ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख ९२ हजार संक्रमित भएका छन् भने ३ हजार ९ सय ३ जनाको मृत्यु भएको छ । ८१ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्