ब्राजिलमा एकैदिन ४० हजार कोरोना संक्रमित, १,१८० को मृत्यु



एजेन्सी : ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन बिहिबार ४० हजार संक्रमित भएका छन् ।

वर्ल्डोमिटरका अनुसार ब्राजिलमा बितेको २४ घण्टामा एक हजार १ सय ८० जनाको संक्रमणबाट मृत्यु भएको छ । ब्राजिल कोरोनाबाट विश्वमा दोस्रो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

ब्राजिलमा कोरोनाबाट हालसम्म १२ लाख ३३ हजार संक्रमित भएका छन् भने ५५ हजार ५४ जनाको मृत्यु भएको छ । ६ लाख ४९ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्