आज यी देशबाट १२ सय नेपाली काठमाडौं आउँदै



काठमडौं : कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको आज पनि उद्धार गरि काठमाडौं ल्याइँदै छ ।

शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका एक हजार दुई सय नेपाली आउन लागेका हुन् ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई–दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ ।

युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजीरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।

उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टाइनमा बस्ने गरी पठाइनेछ ।

विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टानमा बस्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्