रुपन्देहीको यी क्षेत्रमा पनि देखियो सलह किरा



बुटवल : प्रदेश ५ को रुपन्देहीमा पनि सलह किरा देखा परेको छ । शनिबार बिहान प्रदेश २ को बारा, पर्सा र सर्लाहीमा देखिएको सलह किरा दिउँसो रुपन्देहीको बुटवल क्षेत्रमा पनि देखिएको हो । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह किरा आएको बताए । स्थानीयले खबर गरेपछि ती किरा हेर्ने र सबै किरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।

उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए ।

दिउँसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्