रुकुम घटनाको विरोधमा संयुक्त दलित संघर्ष समितिको मसाल जुलुस



काठमाडौंः संयुक्त दलित राजनीतिक संघर्ष समितिले रुकुम घटनाको विरोधम मसाल जुलुस निकालेको छ ।

बाङ्गेमुढाबाट सुरु भएको मसाल जुलस असन चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाली कांग्रेससहितका दलहरु संलग्न संघर्ष समितिले काठमाडौं केन्द्रित दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारीमा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्दा जारजरकोट भेरी नगरपालिका वडा नं.४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

त्यस क्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्