भारतमा कोरोनाबाट एकैदिन ४१४ जनाको मृत्यु



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट शनिबार ४ सय १४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २० हजार नयाँ संक्रमित थपिएका छन् ।

भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

भारतमा कोरोनाबाट हालसम्म ५ लाख २९ हजार संक्रमित भएका छन् भने १६ हजार १ सय ३ जनाले ज्यान गुमाइसकेका छन् । ३ लाख १० हजार उपचारपछि निको भएका छन् । २ लाख ३ हजार एक्टिभ केस छ ।

प्रतिक्रिया दिनुहोस्