दिल्लीका विद्यालय अझै एक महिना बन्द गरिने



एजेन्सी : भारतको दिल्ली राज्यका विद्यालयहरु अझै एक महिना बन्द गरिने भएको छ । कोरोना महामारीका कारण केही महिनादेखि भारतका सबै विद्यालयको पठनपाठन बन्द छ ।

दिल्ली राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आउँदो जुलाई ३१ सम्म राज्यका सबै स्कूल बन्द गरिने बताए ।

कोरोना भाइरस महामारीको त्रासका बेला अझै पनि विद्यालय खोल्न नसकिने उनले बताए । उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला र उच्च सरकारी अधिकारीहरुसँगको बैठकले अहिले विद्यालय खोल्न नहुने निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस्