दुई लाखभन्दा बढी सङ्क्रमित हुने पाकिस्तान बाह्रौं राष्ट्र



एजेन्सी : पाकिस्तान कोरोनाभाइरसका दुई लाखभन्दा बढी सङ्क्रमित हुने १२ औं राष्ट्र बनेको छ । जोन हप्कीन्स विश्वविद्यालयको तथ्याङ्कलाई उद्धृत गर्दै जियो न्युजले पाकिस्तानमा कोरोना सङ्क्रमितको संख्या दुई लाख नाघेको जनाएको छ ।

पाकिस्तानमा सङ्क्रमित चार हजार ९८ जनाको मृत्यु भएको छ । आधिकारिक तथ्याङ्क बमोजिम पाँच हजार स्वास्थ्यकर्मी सङ्क्रमित छन् । सङ्क्रमित हुनेको संख्या बढ्दै जाँदा पाकिस्तानले सतर्कतालाई खुकुलो पार्दा विश्व स्वास्थ्य संगठनले जुलाई मध्यसम्म दुई लाखभन्दा बढी सङ्क्रमित पुग्ने प्रक्षेपण गरेको थियो । तर जुन अन्तिममा नै पाकिस्तानमा सङ्क्रमित हुने दुई लाख नाघेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रस अअदनोम गेब्रेससले सङक्रमणको प्रत्यक्ष असर आर्थिक अवस्थासँग जोडिने बताउनुहुँदै गरिबी रेखामुनि रहेकाको संख्या दोब्बर हुने दाबी गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्