१८ लाख अवैध रकमसहित ३ जना पक्राउ



जनकपुरधाम : वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२ भलुई चौकबाट तीनै जनालाई १८ लाख रुपैयाँ सहित नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट खटेको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका–२ का १९ वर्षीय रोहित कुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडी सवार रहेका २७ वर्षीय जय कुमार साहलाई ५ लाख ५० हजार र प्रदेश २–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय संजय कुमार साहलाई ३ लाख ५० हजार गरी कुल १८ लाख रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई नगद र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्