सरकारले सशस्त्र प्रहरीका ८९ बीओपी थप गर्ने



काठमाडौं– सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ ।

नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने भएको हो ।

हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लोमानथाङमा र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको पनि टुंगो लगाइसकेको छ भने केही स्थानमा भाडाको घरमा बस्ने योजना बनाएको छ।

https://drive.google.com/file/d/1M4PqQOShymSiiaVy7BIrLrKyzUjMzBUZ/view
प्रतिक्रिया दिनुहोस्