ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी : ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २९ हजार ३१३ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ४५ हजार २५४ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ३३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ७४८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्