कोरोना नियन्त्रणमा विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमण लहरको त्रास



काठमाडौं : अष्ट्रेलियामा दोस्रो कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको लहरले त्रास उत्पन्न गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको न्यूनीकरणमा सफलता प्राप्त गरि विश्वमै नमुना बनेको अष्ट्रेलियामा लगातार कोरोनाको नयाँ संक्रमित वृद्धि हुन थालेको छ ।

विगत १२ दिनदेखि अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोनाको नयाँ संक्रमितको संख्या दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् ।

विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १ सय ५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् ।

जसमध्ये आइतबार मात्रै ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो अष्ट्रलियाको लागि नयाँ संक्रमितहरुको संख्या अप्रिल महिलायताकै सबैभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्