ललितपुरमा रौतहटका कोरोना संक्रमित व्यक्तिको मृत्यु



ललितपुर : ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको एक व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ ।

शनिबार राति रौतहटका २९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या रहेको ती व्यक्तिको मृत्यु शनिबार भएपनि पीसीआर परीक्षणको रिपोर्ट सोमबार बिहान मात्र आएको हो ।

कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार हाल उनकोशव व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

उनको कन्ट्याक ट्रेसिङ गरिने गेलालले बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्