दलित महिलालाई मन्दिर प्रवेशमा रोक



धनगढी : धनगढी उपमहानगरपालिका ५ स्थित जाइँमा दलित महिलालाई  मन्दिर प्रवेशमा रोक लगाईएको छ । स्थिानिय भैरव महाकाली मन्दिरमा शिवरात्रिमा पूजा गर्न पुगेकी अंशु ताम्राकारलाई मन्दिरकी पुजारी ‘माता’ गंगा गिरीले मन्दिर प्रवेशमा रोक लगाएकी हुन् ।

मन्दिर प्रवेशमा रोक लगाएपछि वडासदस्य माया ताम्राकार सहितको टोल्रीले प्रहरीकाह उजुरी गरेको बताईएको छ । उजुरीपछि प्रहरीले पुजारी ‘माता’ गंगा गिरीलाई पक्राउ गरेको थियो । दुवै पक्षबिच सहमति भएपछि गंगा गिरीलाई छाडीएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रहरी प्रवक्ता हरी वलीले बताए । 

कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार  गरे गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्