कपिलवस्तुमा सलह किराको नयाँ झुन्ड



कपिलवस्तु : प्रदेश ५ को कपिलवस्तुमा सलह किराको नयाँ झुन्ड देखिएको छ ।

सोमबार दिउँसो लाखौंको संख्यामा रहेको सलह बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको हो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार भारतको पूर्वतिर जाँदै गर्दा सलहको झुन्ड केही नेपालको बोर्डरमा झरेको देखिएको छ ।

‘ठूलो झुण्ड भएपनि ठाउँ–ठाउँमा छुटिएका छन् । जंगलमा बसेकाले बालीमा क्षति भइसकेको छैन,’ उनले भने–‘पानी परिरहेकाले सलहको झुण्ड खेतमा पसेका छैनन् ।’

यसैगरी धनगढीमा पनि सलह देखिएको छ । उक्त झुन्ड पुरानै वा नयाँ भन्नेमा भने एकिन भइसकेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्