विश्वमा उत्कृष्ट हेल्थ केयर हुने देश



एजेन्सी : स्वास्थ्य नै धन हो, यदि तपाईको स्वास्थ्य राम्रो छ भने दुनियामा तपाई जति धनी मानिस कोही पनि हुदैंन् । स्वास्थ्य राम्रो राख्नका लागि मानिसले स्वास्थ्य खानपान, वातावरण, स्वास्थ्य उपचारको राम्रो व्यवस्था भएको अस्पतालको व्यवस्था लगायतको रहेको छ । विश्वका उत्कृष्ट हेल्थ केयर हुने देशहरुमा लम्जेम्बग, सिङगापुर, स्वीजरल्याण्ड, जापान, नेदरल्याण्ड, स्वीडेन, हङकङ, अष्ट्रेलिया, इजरायल, जर्मनी लगायतका पर्छन् । 

लम्जेम्वर्ग क्षेत्रफलका हिसाबले सानो भए पनि धनी छ । लक्जेम्बर्गका नागरिकको औसत आयु ८२ वर्ष रहेको छ । लक्जेम्वर्गका नागरिक र दर्ता भएको लामो बसाइ वस्ने वासिन्दाका लागि त्यहाँ निशुल्क, उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध छ । विरामीहरुले शुरुमा मेडिकल शुल्क तिर्छन । तर पछि ८० देखि १०० प्रतिशत रकम वार्षिक फिर्ता गरिन्छ ।

सिङगापुरका नागरिकको औषत आयु ८३.१ वर्ष रहेको छ । त्यहाँको हेल्थ केयर व्यक्तिगत उत्तर दायित्वमा आधारित छ र सबैले बहन गर्न सक्ने हेल्थ केयरको व्यवस्था छ । सार्वजनिक र प्राइमेरी क्लिनिकमा लाग्ने खर्चको ८० प्रतिशत खर्च ३ किसिममा बचत र इन्सुरेन्स कार्यक्रमले व्यहोर्ने व्यवस्था रहेको छ । 

सवोत्कृष्ट हेल्थ केयर भएका राष्ट्रहरु मध्ये विश्व कै सबै भन्दा सुन्दर मानिने राष्ट्र स्वीजरल्याण्ड पनि पर्छ । स्वीजरल्याण्डमा अनिवार्य इन्सुरेन्समा आधारित युनिर्भसल हेल्थ केयरको व्यवस्था छ । सबै विभाग तथा प्रान्तका भागहरु लाइसेन्स वितरक, अस्पताल संयोजन सेवा, संस्था र व्यक्तिगत प्रिमियम सब्सीडाइज गर्नमा उत्तरदायी हुन्छन् ।

जापान उत्कृष्ट हेल्थ केयर भएका राष्ट्रहरुको सुचीमा र्पछ । सबैभन्दा धेरै औषत आयु भएको देशमा जापान पर्छ । गुणस्तर हेल्थ केयर सुनिश्चित गर्नका लागि जापानको संघीय सरकारले नै हेल्थ इन्सुरेन्स नियमन गर्ने गर्छ । पब्लिकको लगानी रहेका हेल्थ इन्सुरेन्सले नै वाषिर्क कुल ग्राहस्थ उत्पादनको ११ प्रतिशत प्राइमरी कभरेज गर्ने गर्छन् ।

उत्कृष्ट हेल्थ केयर भएका संसारका उत्कृष्ट देशहरुमा नेदरल्याण्ड पर्छ । नेदरल्याण्डले युरो कन्जुमर इन्डेक्समा १००० मा ९१६ अंक सहित लिड गरेको पाइन्छ । त्यहाँको केन्द्रिय सरकारले नै हेल्थ केयर प्राथामिकताहरु निर्धारण गर्छ । त्यसको पहुँच, गुणस्तर र लागत बारे मनिटर गर्ने गर्छ । यसले सामाजिक हेल्थ इन्सुरेन्सलाई आंशिक रुपमा वित्तिय सहयोग गर्ने गरेको पाइन्छ । नेदरल्याण्डले आफ्नो वार्षिक जिडिपीको करिब १०.८ प्रतिशत बजेट पव्लिकको लगानी रहेको हेल्थ इन्सुरेन्सको खर्च गर्छ ।

स्वीडेनका केन्द्रिय, क्षेत्रीय र स्थानीय सरकार सबै हेल्थ केयरमा निकै चनाखो राख्छ । केन्दि«य सरकार समग्र हेल्थ केयर नीतिका लागि जिम्मेवार छ । त्यसै गरी क्षेत्रीय निकाय स्वास्थ्य सुविधालाई फाइनान्स गरी सुविधा प्रदान गर्नमा उत्तरदायि छ भने स्थानीय सरकार बृद्ध र अपाङ्गहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा जिम्मेवार छन् । वैधानिक बासिन्दाका साथै कागजात नभएका बच्चालाई समेत स्वास्थ्य अधिकार प्रदान गरिएको छ ।

उत्कृष्ट हेल्थ केयर हुने राष्ट्रहरुमा हङकङ पनि पर्छ । हङकङमा परिस्थिति हेरेर निशुल्क वा थोरै शुल्कमा स्वास्थ्य सेवा प्रदान गरिन्छ । हङकङ सरकारले त्यहाँका स्थाइ वासिन्दा लगायत अस्थाइ वासिन्दालाई समेत निशुल्क स्वास्थ्य सेवा प्रदान गर्छ । जबकी निःशुल्क स्वास्थ्य उपचारका लागि आधुनिक पब्लिक हेल्थ केयर प्रोभाइडरहरु छान्नु पर्छ । यदि प्राइभेट हेल्थ केयर रोजेको खण्डमा सेवाग्राहीले इन्सुरेन्स किन्नु पर्ने हुन्छ ।

अस्ट्रेलियामा नागरिक र स्थाइ वासिन्दाहरुका लागि निशुल्क र अनुदानमा स्वास्थ्य सुविधा दिने नियम रहेको छ । केन्दि«य सरकारले प्रदेशहरुलाई बजेट दिने र अप्रत्यक्ष सहयोग गर्ने गर्छ । त्यसैगरी प्रदेशहरुको सार्वजनिक अस्पताल, एम्बुलेन्स सुविधा, सार्वजनिक दन्त सुविधा, सामुदायिक स्वास्थ्य सुविधा, मानसिक स्वास्थ्य सेवा लगायत उत्तरदायित्व रहन्छ । स्थानीय निकायहरु सामुदायिक स्वास्थ्य र नियन्त्रणमुखि स्वास्थ्य कार्यक्रम सञ्चालन प्रति उत्तरदायि रहन्छन ।

इजरायल पनि उत्कृष्ट स्वास्थय सेवा दिने राष्ट्रहरुमा पर्दछ । इजरायल सरकार सार्वजनिक स्वास्थ्य सेवा, सरुवा रोग, स्वास्थ्य प्रबद्धन र शिक्षा, वातावरणीय स्वास्थ्य लगायत क्षेत्रमा संलग्न रहन्छ । सरकारले स्वास्थ योजना, अस्पताल र हेल्थ केयर प्रोफेसनलहरुको नियमन समेत गर्छ । इजरायलका नाागरिकहरुले गैरनाफा मुलक स्वास्थ्य योजनाहरु रोज्ने गर्छन । विदेशी कामदारहरुलाई भने प्राइभेट इन्सुरेन्स अनिवार्य गरिएको छ ।

उत्कृष्ट स्वास्थ्य सेवा भएका देशहरुमा जर्मनी पनि पर्छ । जर्मनीमा सबै नागरिक र स्थायी वासिन्दाहरुका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको छ । त्यहाँ विशेष गरी दुई किसिमका स्वास्थ्य विमा योजना रहेका छन् । एउटा पब्लिकको लगानी रहने योजना र अर्को प्राइभेट लगानी रहने योजना  रहेको छ । पब्लिक लगानी रहने योजना नागरिकको आम्दानीको आधारमा निर्धारण हुन्छ । जसले गर्दा जर्मनी धेरै जसो स्वास्थ्य समस्यालाई सम्बोधन गर्छ । त्यसै गरी प्राइभेट योजनाले अझ धेरै सुविधाहरुलाई समेटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्