प्रदेश २ मा १५ प्रतिशत धान रोपाई, मलको अभाव, किसान चिन्तित



जनकपुरधामः हाम्रो देशका लागि धानबाली अर्थतन्त्रको मुख्य आधार मानिन्छ । यस वर्ष समयमै पानी परेकोले नेपालमा धान उत्पादन पनि राम्रै हुने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय धान दिवस मनाइदैं आएको छ । यस वर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ मूल नाराका साथ १७ औँ धान दिवस मनाइदैं छ ।

१७ औँ धान दिवसको अवसरमा प्रदेश २ सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेतखेतमै पुगि धान रोपेर धान रोपाईको शुभारम्भ गरेका छन् । देशको कुल ग्राहस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा हुुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक छ । पछिल्लो वर्ष यस प्रदेशमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको थियो ।

देशभरी राष्ट्रिय धान दिवस मनाईरहँदा प्रदेश २ मा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाई भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश २ मा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा अहिलेसम्म ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकार अविनाश झाले जानकारी दिए ।

मन्त्रालयका अनुसार प्रदेश २ मा अहिलेसम्म पर्सा जिल्लामा सबैभन्दाच बढि धान रोपाई भएको छ । कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको हो । यो कुल खेतीयोग्य जग्गाको २९.६ प्रतिशत रहेको छ ।

त्यस्तै सप्तरी जिल्लामा १३.४ प्रतिशत धान रोपाई भएको छ । सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर जग्गा मध्ये ७ हजार हेक्टरमा रोपाई भएको सूुचना अधिकारी झmाले बताए । सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ५ हजार अर्थात ८.५ प्रतिशत, धनुषामा कुुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा ४० हजार १ सय २४ हेक्टर जग्गा मध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात १४ प्रतिशत धान रोपाई भएकोे मन्त्रालयले जनाएको छ ।

त्यस्तै सर्लाही जिल्लामा कुल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गा मध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कुुल ६१ हजार २ सय ४७ हेक्टर जग्गा मध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ ।

मलको चिन्ताले किसान पिरोलिए
मल खाद्यको आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको उनीहरुको गुनासो छ । धान उत्पादन उल्लेखनीय रुपमा हुनेमा समेत किसानहरु आशावादी छन् । मौसमले यस वर्ष साथ दिएपनि किसानहरु मलको अभावमा मर्कामा परेका छन् । प्रदेश २ मा सिंचाईको अभाव रहेकोे समयमा जसोतसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित तुल्याएको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीका चन्दर महराले भने,‘मल नपाएर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ,यस पटक पनि त्यसो नहोला भन्न सकिन्न ।’खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्छ तर प्रत्येक वर्ष ‘डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किनु परेको’ किसान उपेन्द्र साहले भने । अहिले बजारमा पनि मल नरहेको उनको गुनासो छ । मौसमले साथ दिएपनि समयमा मल हाल्न नपाए यसवर्ष पनि उत्पादन घट्नसक्ने उनको चिन्ता छ ।

गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका किसानहरूले यस वर्ष पनि आवश्यक परेको बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने दोेधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । यहाँ मल नपाएमा कहाँबाट मल ल्याउने किसान चन्दर महराको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्