एमसीसी अनुमोदनमा ढिलाईको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई : अमेरिका


काठमाडौँ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ । 

नेपालस्थित अमेरिकी राजदुतावासले सोमबार एमसीसी सम्झौताबारे वक्तव्य जारी गर्दै अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु रहेको जनाएको हो ।

वक्तव्यमा दुई देशले एमसीसीमा सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । ‘यस ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालले असार १६ गते भित्रमा सम्झौताको शर्तअनुसार संसदबाट उक्त सम्झौतालाई अनुमोदन गरिसक्नु पर्ने थियो । तर, सत्तारुढ दल नेकपाभित्रकै विवादको कारण एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने पार्टीले टुंगो लगाउन सकेको छैन । एमसीसी सम्झौताको दस्तावेज अहिले प्रतिनिधि सभाको विधेयक शाखामा गत असार ३० गतेदेखि थन्किएर बसिरहेको छ ।

विज्ञप्तिमा एमसीसीको अनुमोदन नेपालको संसद्बाट भइनसकेको बारेमा अमेरिका जानकार रहेको उल्लेख छ । ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो । तर, यस अन्तर्गतको कोषको उपलब्धता सधै खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ ,‘यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ । एमसीसीको सहयोग प्राप्त हुने यी परियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो ।’

तर, विज्ञप्तिमा असार १६ भित्रमा संसदबाट उक्त एमसीसी सम्झौता अनुमोदन नभएपछि नेपालले यसलाई पाउने वा नपाउने भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, अमेरिकाले नेपाललाई उक्त सम्झौता कार्यान्वयनको समय थपे नयाँ सूची अनुसार कहिलेसम्म संसदीय अनुमोदन गर्न सकिन्छ भन्ने पनि प्रष्ट पारिएको छैन ।

अमेरिका र नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपालीको नेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्नेछन्,’ अमेरिकी दुतावासले भनेको छ । कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

फोटो : फाइल संखुवासभा : संखुवासभाका सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरो जाँदा ११ जना वेपत्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका

जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री