नेकपाको स्थायी कमिटी बैठक सकियो



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक सकिएको हो ।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक छोटाएर स्थगित गरिएको हो ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

बैठक बिहीबार विहान ११ बजे बस्नेछ ।

प्रकाशन : असार १७, २०७७

प्रतिक्रिया दिनुहोस्