नेकपा पर्साद्वारा नारिकता विधेयक स्वागत योग्य



वीरगञ्ज : नेपाली पुरुषसँग विहे गरेर आएका विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधानको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले स्वागत गरेको छ ।

२३ महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक ८ असारमा बहुमतबाट पारित भएको थियो ।

मंगलबार पार्टीको जिल्ला कार्यालय पर्सामा सम्पन्न भएको बैठकले समितिबाट पारित भएको नागरिकता विधेयकको स्वागत गरेको हो ।

बैठकपछि नेकपा पर्सा अध्यक्ष प्रभु हजाराद्वारा जारी विज्ञप्तिमा नागरिकता संशोधन विधेयकमा भएका प्रबन्धहरु मुलुकको अनुकूलतामा उचित रहेको बताएको छ । साथै यो विषय समय सापेक्ष पनि रहेकोले राष्ट्रियता, सम्प्रभूता र सीमाको रक्षाको विषयसँग पनि जोडिएको भएकोले नेकपाको बैठक नागरिकता संशोधन विधेयकलाई स्वागत गर्ने निर्णय गरेको अध्यक्ष हजराले बताए ।

‘लामो समयसम्म निष्कर्षमा नपुगेको नागरिकता संशोधन विधेयक अहिले प्रतिनिधिसभामा पुगेको र विधेयकको प्रतिरक्षा गर्न त्यसको पक्षमा उभिन वकालत गर्न र प्रचारप्रसार गर्नका लागि सिंगो पार्टी पंक्तिलाई आव्हान गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ–‘विधयेकको विरुद्धमा निर्माण भएका अपवित्र गठबन्धनले सृजना गरेको भ्रम चिर्नका लागि आम जनतालाई सचेत पार्ने काममा बआम कार्यकर्ता पंक्ति परिचालित हुनु आजको आवश्यकता रहेको र यो विधेयक सम्पूर्ण नेपाली महिला मजदुर किसान गरिब शोषित पीडित दलित सीमान्तकृत पिछडा वर्गको महिलाको हितमा रहेको छ ।’

अध्यक्ष हजाराको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, दिनेश राई संविधान सभाका सदस्यहरु जयप्रकाश थारु राजकुमार गुप्ता, पार्टीका प्रदेश कमिटीका सदस्यहरु र वीरगञ्ज महानगर कमिटीका सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्