सुनको मूल्यमा वृद्धि



काठमाडौं : बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य तोलामा ९१ ह्जार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्