काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना सक्रमण



काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

टेकु, धुलिखेल र पाटनका प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, पाटन अस्पतालमा गरिएको परीक्षण पनि काठमाडौंका ३ महिला र १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

मंगलबार पनि काठमाडौंका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्