आज सुदूरपश्चिममा २४१ जना थपिए, संक्रमितको संख्या २७७२ पुग्यो



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज थप २ सय ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २ सय ४१ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका १० महिला र ४९ पुरुष गरी ५९ जना, बझाङका ४ महिला र १४ पुरुष गरी १८ जना, बाजुराका २ महिला र ५ पुरुष गरी ७ जना, कैलालीका ४ महिला र १० पुरुष गरी १४ जना र कञ्चनपुरका १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

उनका अनुसार विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डोटीका ७ महिला र ११ पुरुष गरी १८ जना, अछामका १५ महिला र ५१ पुरुष गरी ६६ जना, बाजुराका ६ महिला र १२ पुरुष गरी १८ जना, कैलालीका २ महिला र ८ पुरुष गरी १० जना तथा कञ्चनपुरका २ महिला र ७ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै धनगढीमा भएको परीक्षणमा कैलालीको धनगढी उपमहानगरपालिका ५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडाकेदार गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बजानकारी दिए । यो संंगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्