मोटरसाइकल दुर्घटनामा आमा–छोरा मृत्यु



जनकपुरधाम : जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परि आमाछोराको घटनास्थलमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट जनकपुरधामतर्फ आउने क्रममा तिव्र गतिमा रहेको मोटरसाईकल हरैयाचोकस्थित अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार आमाछोराको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट जनकपुरतर्फ आईरहेको ज३प ७०४२ नम्बरको मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भएपछि मोटरसाइकलको पछाडी बसेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी ४५ वर्षीया धर्मादेवी शर्मा र मोटरसाइकल चालक उनका २८ वर्षीय छोरा नविन शर्माको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक आमाछोराको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको र घटना सम्बन्धमा अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्