कैलालीमा सबै भन्दा बढी कोरोना संक्रमित



कैलालीः देशका ७७ वटै जिल्ला मध्ये कैलालीमा सबै भन्दा बढी कोरोना संक्रमित पुष्टी भएका छन् ।

आज (बिहीवार) मात्रै १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको कुल संख्या ८ सय ७४ पुगेको हो ।

यसअघि कर्णाली प्रदेशको दैलेखमा सबै भन्दा बढी ७ सय ८४ जना संक्रमित रहेका थिए । तर कैलालीमा एकै दिन १ सय ८४ जनामा संक्रमण पुष्टी भएपछि दैलेखलाई उछिन्दै कैलाली सबै भन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बनेको हो ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगयशालामा गरिएको परिक्षणमा कैलालीमा ४० महिला र १ सय २५ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसै गरी धनगढीमा गरिएको परिक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमितको संख्या ८ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्