जनकपुरमा तिन दिनदेखि बेपत्ता एक बालिकाको शव फेला, बलात्कारको आशंका



जनकपुरधाम : धनुषामा तिन दिनदेखि बेपत्ता ११ वर्षीया एक बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

No description available.

विनोद पजियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पजियारको शव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थामा रहेको दुधमती नदीको किनारमा शुक्रबार मध्यान्ह् १२ बजे मृत अवस्थामा फेला परेको हो । उक्त स्थान पजियारकाे घरभन्दा एक किलोमिटरको दुरीमा रहेकाे छ ।

No description available.

स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् । परिवारले छोरी बेपत्ता भएसँगै खोजतलास गर्दा कतै फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

No description available.

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनास्थल नजिक दुर्गन्ध फैलिएपछि खोजविन गर्दा कञ्चनको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्