सुन्तला खानुका फाइदा यी हुन्



एजेन्सीः हिजोआज सुन्तलाको सिजन पनि हो । पारिलो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ । अब जानौँ, सुन्तला खानुका फाइदा ।

– सुन्तलामा प्रशस्त सिट्रस लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । 

– सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । 

– मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट्स मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ । 

– सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूधपाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

– सुन्तलाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलस्ट्रोल सन्तुलनमा राख्छ ।

– थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ । 

– सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्