ओलीको अनर्गल प्रचारबाट तरंगित नहुनुस् भनेर सम्झायौँ : झलनाथ खनाल



नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले महाअभियोगको प्रचार झुटो भएकाले तरंगित नबन्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बोलाएर आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको सूचना पाएको भन्दै आफूले पनि ‘बाई वर्ड, बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति आएको भोलिपल्टै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ‘केपी ओलीले आफूलाई हटाउने मात्र होइन, राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने तयारी भएको छ भनेर मन्त्रीहरूसँग भनेका कारण हामीले भेटेरै प्रस्ट पा¥यौँ । त्यो केवल केपी ओलीको अनर्गल प्रचार भएका कारण त्यसबाट तरंगित हुनुपर्ने आवश्यकता छैन भन्ने आग्रह गरेका छौँ,’ वरिष्ठ नेता खनालले नयाँ पत्रिकासँग भने, ‘उहाँले ठीकै छ, धन्यवाद छ, मैले त्यस्तो केही सोचेकै छैन भन्नुभो ।’

आफूवरिपरिका ‘हनुमान’हरूले दिने गलत सूचनाका आधारमा ओलीले परिस्थितिलाई उत्तेजित बनाउने गरी अभिव्यक्ति दिने गरेको खनालको टिप्पणी छ । ‘खासमा हामीले पार्टी विभाजनसम्बन्धी अध्यादेश आएको अवस्थामा के हुन्छ भन्ने विषयमा मात्र कानुन व्यवसायीसँग परामर्श गरेका हौँ,’ खनालले भने, ‘तर, महाअभियोग लगाउने चर्चा नै गलत हो ।’

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्