नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जनामा कोरोना संक्रमण



काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विदेशमा अलपत्र नेपाली नागरीकलाई घर फर्काउने अभियानमा विभिन्न देशमा खटिएका तीन जना पाइलट र अन्य ११ जना क्याविन क्रु रहेको वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

यसरी कोरोना पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टाइनमा रहेको स्रोतको भनाइ छ ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्