गण्डकीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये तनहुँ, म्याग्दी र बालुग्ङका एक एक जना रहेका छन् । जसमा दुई पुरुष र एक महिला छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११६ पुगेको छ ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्