प्रदेश २ः ७ संक्रमित, २८ डिस्चार्ज, २ हजार ३९५ जनाको रिपोर्ट आउन बाँकी



जनकपुरधामः प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा ७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सप्तरीमा ४ जना, सिरहामा २ जना र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ६१ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय १४ पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु बोदेबर्साइन नगरपालिका वडा नम्बर–३,९ र १० का ३० देखि ३८ बर्ष उमेर समुहका ४ जना पुरुषहरु रहेका छन् भने सिरहाको नवराजपुर गाउँपालिकास्थित वडा नम्बर–५ का २६ र ३० बर्षका २ जना पुरुषहरु संक्रमित भएका छन् । त्यस्तै बाराको निजगढ नगरपालिका वडा नम्बर–७ का २४ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा ५ हजार ६६, सिरहामा ३ हजार १ सय ४८, धनुषामा ४ हजार ६ सय १७, महोत्तरीमा ३ हजार ५ सय ७८, सर्लाहीमा ५ हजार ७ सय १९, रौतहटमा १३ हजार ६ सय ४५, बारामा ३ हजार ६ सय ३९ र पर्सामा ७ हजार १ सय ५८ जना गरि कुल ४६ हजार ६ सय २७ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ६१ जना संक्रमित भएका छन् भने ४० हजार ७ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा २ सय ३०, सिरहामा ६ सय ६८, धनुषामा ३ सय २०, महोत्तरीमा ३ सय, सर्लाहीमा ३ सय ७२, रौतहटमा ३ सय ४५, बारामा ४५ र पर्सामा १ सय १५ जना गरि कुल २ हजार ३ सय ९५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (बुधबार) मात्रै सप्तरीमा ६१, सिरहामा २ सय ५३, धनुषामा ६८, महोत्तरीमा २२ र पर्सामा ५७ जना गरि कुल ४ सय ६१ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २१, महोत्तरीमा ६१ र पर्सामा २ सय ६६ गरि जम्मा ३ सय ४८ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २३ हजार ७० जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ४६, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २२ हजार २३ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७ सय १ जनालाई राखिएको छ भने १८ हजार ९ सय ६० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ६७, सिरहामा १ सय ६, धनुषामा १ सय ४, महोत्तरीमा १ सय १३, सर्लाहीमा १२, रौतहटमा ५३, बारामा ८ र पर्सामा ७ जना गरि कुल ५ सय ७० जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १२, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७०, सप्तरीमा २ सय ४१, सिरहामा १ सय ९७, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २८ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १३ जना, महोत्तरीका १२ जना, सर्लाहीका २ जना र पर्साका १ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय ४९, महोत्तरीका २ सय २२, सर्लाहीका ५ सय ८०, रौतहटका ६ सय १३, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार २ सय ४० जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्