कांग्रेस सभापति देउवाको निर्देशन- सिन्धुपाल्चोक पहिरोमा परेकालाई तत्काल उद्धार गर्नु



काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेसले तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ ।

बाह्रबीसे घटनाप्रति दुःख व्यक्त गर्दै सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गर्नु भएको छ भने सिन्धुपाल्चोकका नेपाली कांग्रेसका नेता कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् ।

सभापतिले बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरुको आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनापनि गरेका छन् ।

वर्षाको समयमा हरेक बर्षझैँ यो बर्ष पनि बाढी पहिरोको घटना विकराल बन्न सक्ने स्थिति दृष्टीगत गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ असार २२ गते बसेको बैठकले यसबारे विपत ब्यवस्थापनको उच्च स्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो र पुनः सरकारको ध्यानाकृष्ट गराएको छ ।

बाढीमा परेर हालसम्म २ जनाको मृत्यु, २ जना गम्भीर घाइते र १४ जना हराइरहेको र अरनीको राजमार्ग समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्