झापा शिवसताक्षीका १७ सुकुम्बासी विस्थापित



झापा : दुई दिनदेखि परेको अविरल वर्षापछि माई खोलामा आएको बाढीले झापा शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीमा ५ घरका १७ जना विस्थापित भएका छन् ।

माईधारबाट २ किलो मिटर पूर्वको बस्तीमा शनिबार बिहानैबाट कनकाई खोला पसेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विस्थापितहरुलाई अस्थायी संरचना बनाएर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

उनका अनुसार दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिकाको सबै क्षेत्र र गौरादह, शिवसताक्षी र भद्रपुर पालिकाको दक्षिणी क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ । यता कनकाई खोलाले झापा गाउँपालिका ७ मदरगाछ टप्पु क्षेत्रमा डुबान र कटान भइरहेको छ ।

बाढीले जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, चारआली, मेचीनगर, धुलावारी, सुरुंगा र दक्षिणी क्षेत्रका अधिकांश पालिका जलमग्न छन् ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्